Comments Add Comment

शरद र विनोदको साझेदारीमा नामिबियाविरुद्ध नेपालको जित

Nepal Vs Namibia (10)

४ वैशाख, काठमाडौं । नामिबियालाई ५ विकेटले हराउँदै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

सुरुवात दुई चरणका चार खेल गुमाएको नेपालले तेस्रो चरणमा घरेलु मैदान कीर्तिपुरमा खेलेको थियो । नामिबियाले जितका लागि दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

शरद र विनोद हिरो

राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषावकर र विनोद भण्डारीले सम्हाले ।

उनीहरुले १४.३ ओभरमा ८४ रनको अविजित साझेदारी गरे । ४८ औं ओभरको पहिलो बलमा चौका हान्दै शतकले अर्धशतक पुरा गरे भने नेपाललाई जित दिलाए ।

उनले ९९ बलमा ५० रन बनाए भने विनोद पनि ४९ बलमा एक चौका र तीन छक्काको मलतमा अविजित ४० रन बनाए ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले समान २१ रनको योगदान गरे । नरेश बुढाएरले १६, राजेश पुलामीले ९ र राजु रिजालले ६ रन जोडे ।

अतिरिक्त रन रन महंगो सावित

नामिबयिाका लागि सेरल बर्गर र गेरी स्यानम्यानले २ र २ तथा जाभागो ग्रानवाल्डले १ विकेट हात पारे ।  तर, ३४ अतिरित्त रन दिएको थियो, जुन उसलाई महंगो सावित भयो । १६ वाइड, १२ बाइ र ६ रन लेगबाइबाट आएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनाएको थियो । नामिबियाका एसएफ बर्गरले ७६ बलमा सर्वाधिक ३८ रन बनाए ।

जेजे स्मिथले २२ बलमा २६ रन जोडे । वाइए फ्रान्सले २६, गरेहार्ड इरासमसले २५, गेरी स्यामानले २३, कप्तान स्टेफन ब्राडले १८ रन बनाए । यसैगरी जेन गि्रनले १४, जेपी कोट्जर जोभागोेले २र२ रन बनाए ।

नामिबियाले खेलको सुरुवातमा आक्रामक ब्याटिङ गरेको थियो । दास्रो ओभरको समाप्तिमा २५ रन उसले २५ रन जोड्यो । तर, पहिलो ओभरमा १५ रन खर्चिएका सोमपाल कामीले आफ्नो दोस्रो ओभरको पहिलो बलमै विकेट कप्तान स्टेफन ब्राड महत्वपूर्ण विकेट झारे ।

त्यसपछि नामिबियाको आक्रमक ब्याटिङ क्रमश सुस्तायो । सोमपालले पहिलो र दोस्रो विकेट लिएपछि नामिबियाको पारी धर्मरायो ।

तर सातौं विकेटका लागि नामिबियाले १ सय ७ बलमा ३५ रनको साझेदारी गर्‍यो । यो साझेदारी गर्ने क्रममा धेरै रन नजोडेपनि लामो ओभर टिकेर खेलेको थियो । नामिबियाका प्रशिक्षक डी ठाकुरले टिकेर खेलेपछि रनिङ विट विन द विकेट नहुनु कमजोरी भएको बताएका छन् ।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट झारे । सोमपाल कामीले २ विकेट लिए भने कप्तान पारस खड्का र डेब्युटेन्ट सन्दिप लामिछानेले समान १-१ विकेट झारे ।

१५ वर्षे सन्दिपले १० आभेरमा २ मेडन राख्दै ३७ रन खर्चिएर १ विकेट लिएका छन् । शक्ति गौचनले कसिलो बलिङ गरेपनि विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित २८ रन दिए ।

नेपालले खाता खोल्यो

शनिबारको जितसँत नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको अंक तालिकामा खाता खोलेको छ । नेपालको पाँच खेलबाट २ अंक भएको छ । नामिबियाले भने पाँच खेलमा एक जित हात पार्दै २ अंक बटुलेको छ भने युएइले पनि ६ खेलबाट एक जित सहित २ अंक जोडेको छ ।

नेदरल्याण्ड ६ खेलबाट ४ जितसहित १० अंकका साथ पहिलो स्थानमा छ । विश्व क्रिकेट लिग खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंग्ल्याण्डमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपाल र नामिबियाको अर्को खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment