Comments Add Comment

प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

ramchandra and prachanda (1)

५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आइतबार विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा संविधान कार्यान्वयनबारे छलफल भएको थियो । भेटमा प्रचण्डले संविधान कार्यान्वयन सबैको चुनौती भएको भन्दै यसमा सबै लाग्नु पर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता पौडेलले पनि सबै मिलेर संविधान कार्यान्वयन गर्नु पर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment