Comments Add Comment

नेपाल नामिबियासँग दोस्रो खेल खेल्दै

nepali cricket @ kirtipur nepvsnmb (15)६ वैशाख । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नामिबिया विरुद्धको दोस्रो खेलमा पनि जित हात पार्ने योजनामा नेपाल रहेको छ । पहिलो खेलमा शनिबार पाँच विकेटको जित हात पारेको नेपालले अंकको खाता खोलेको छ ।

नेपाल यसअघि स्कटल्यान्ड र पपुआ न्युगिनीसँग पराजित भएको थियो । तर, घरेलु मैदानमा खेलिएको खेलमा शनिबार नामिबियालाई पाँच विकेटले पराजित गर्दै अंक तालिकामा सुधार गरेको छ ।

डिभिजन च्याम्पियनसिपमा आठ टोली छन् भने हरेकले हरेकसँग दुईदुई खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन् । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई आज जित अनिवार्य छ ।

नेपालले चौथो चरणमा नेदरल्यान्ड्स, पाँचौं चरणमा केन्या, छैटौं चरणमा हङकङ र सातौं चरणमा यूएईको सामना गर्नेछ । नेदरल्यान्ड्ससँग नेपालले उसैको मैदानमा खेल्नेछ । नामिबियालाई हराएलगत्तै नेपाल अंकतालिकामा दुई स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको थियो ।

पाँचौं स्थानमा रहेको पपुआ न्युगिनीको चार खेलबाट चार अंक भए पनि नेट रनरेटमा नेपालभन्दा पछाडि छ । सातौं स्थानमा रहेको नामिबियाको पाँच खेलबाट दुई अंक र आठौं स्थानमा रहेको यूएईको ६ खेलबाट दुई अंक भए पनि दुवै टोली नेट रनरेटमा नेपालभन्दा तल छन् ।

शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले ६ खेलबाट १० अंक, दोस्रो स्थानमा रहेको हङकङले ६ खेलबाट नौ अंक, तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट सात अंक र चौथो स्थानमा रहेको केन्याले चार खेलबाट ६ अंक जोडेको छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment