Comments Add Comment

दुबई पुगेर भिडियोमा जीवन

jiwan in video
ग्लोबल ब्रिज कन्सल्टेन्सी, दुबईको एक सम्झौतापत्रमा हस्ताक्षर गर्न यूएई आएका नायक जीवन लुइँटेलले यहाँ एक म्युजिक भिडियोको सुटिङ सम्पन्न गरेका छन् । प्रमोद खरेलको तिम्रो सिउँदो पराईले भरेको दिन .गीतमा जीवनलाई साथ दिएका छन् यूएईका मोहन बोगटी र निलम खड्काले ।

नायक लुइँटेलले यूएईमा पनि म्युजिक भिडियोको छायांकन गर्न पाउँदा रमाइलो अनुभूति भएको प्रतिक्रिया दिएका छन् । यहाँको भौतिक सम्पन्नता र विकासबाट प्रभावित नायक लुइँटेलले आफ्नो भिडियो उत्कृष्ट बन्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment