Comments Add Comment

न्यूयोर्कमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको जित !

Donald Trump

८ वैशाख, काठमाडौं । अमेरिकी सञ्चार माध्यमहरुको अनुमान अनुसार न्यूयोर्कमा भएको प्राइमरी चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले जित हात गरेका छन् ।

यद्यपि मतगणना जारी छ र अन्तिम नजिता आउन बाँकी नै छ । एक्जिट पोलका अनुसार ट्रम्प आफ्ना प्रतिद्वन्द्वी टेड क्रुज र जोन काशिचभन्दा धेरै अगाडि छन् ।

डेमोक्रेट हिलारी क्लिन्टन र उनका निकटतम प्रतिद्वन्द्वी बर्नीबीच भने कडा प्रतिस्पर्धा छ । मंगलबार न्यूयोर्कमा डेमोक्रेट्स र रिपब्लिकनले राष्ट्रपति पदका लागि आफ्नो आफ्नो उम्मेदवार छनोटका लागि मतदान गरेका थिए ।

यदि न्यूयोर्कमा जिते भने ट्रम्प र क्लिन्टनको उम्मेदवारी दौड निकै बलियो हुने अनुमान छ र  अमेरिकी चुनावमा वर्षौंपछि कुनै प्राइमरी भिडन्तमा यस्तै कडा प्रतिस्पर्धा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment