Comments Add Comment

पाकिस्तानमा ‘फ्यान’को कमाई उत्कृष्ट, साहरुखको अभिनयको प्रशंसा

srk in as a fan
बलिउड सुपरस्टार साहरुख खान अभिनित चलचित्र ‘फ्यान’ले पाकिस्तानमा राम्रो कमाई गरेको छ । शुक्रवारदेखि सोमवारसम्म फ्यानले ६ करोड ५० लाखको कमाई गरेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

पाकिस्तानमा चलचित्र वितरण गरेको जिया फिल्मस्का अनुसार पाकिस्तानमा अहिले कुनै छुट्टी छैन । बिदा नहुँदा भएको यो कमाई आफैमा उत्कृष्ट हो । पाकिस्तानमा साहरुख र सलमानका चलचित्रले उत्कृष्ट व्यापार गर्दै आएका छन् ।

सलमान खान अभिनित ‘बजरंगी भाईजान’ ले फ्यानले भन्दा धेरै कमाई गरेको थियो । ‘बजरंगी भाइजान’ रिलिज हुँदा इदको बिदा थियो । ‘फ्यान’को बुकिङ आउँदो हप्तासम्म हाउसफुल रहेको वितरण कम्पनीले जानकारी दिएको छ । पाकिस्तानमा करिब ६० सिनेमा घर छन् भने ८५ पर्दा छन् । कराँची र लाहोर सबै भन्दा धेरै चलचित्रको ब्यापार हुने सहरको रुपमा चिनिन्छ । जहाँ टिकट दर चार देखि छ सय रुपैंयासम्म छ ।

साहरुख खानको दोहोरो भूमिका रहेको यो चलचित्रले ओभरसिजमा राम्रो कमाई गर्दै गर्दा भारतमा भने यसको कमाई औषत छ । यो चलचित्रले ४ दिनमा ५८ करोडको व्यापार गरेको छ । यो चलचित्रलाई निर्देशक मनिष शर्माले एउटा प्रयोग भनेका छन् । नायक साहरुख खानले भने ट्विटरमा आफ्ना प्रशंसकको जवाफ दिदै चलचित्रको कर्मा भन्दा पनि अनुभव भन्न आग्रह गरेका छन् ।

यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्रमा साहरुखको कमालाई लिएर अहिले विश्वभरबाट तारिफ भैरहेको छ । साहरुख करिब ५ बर्षपछि फेरि अभियनमा फर्किएको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment