Comments Add Comment

फिल्ममा मुख्य भूमिका, तर रमितले देखेनन् अशिष्मामा स्टारडम

ashisma nakarmi
नायिका अशिष्मा नकर्मीले आफूलाई चलचित्र क्षेत्रमा ‘लक’ नलागेको बताउँदै आएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती समय केही चर्चा बटुलेपनि अहिले उनी सुनसान जस्तै छिन् । चलचित्रमा काम त गरेकी छिन् तर चर्चा शुन्य ।

उनै अशिष्माले अभिनय गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर केही दिन अगाडि रिलिज भयो । तर, ट्रेलरमा उनको अनुहार देखाइएको छैन । चलचित्रको निर्माणपक्ष कलाकारको अनुहार भन्दा पनि बिषय हेर्नुपर्छ भन्छ । तर, अशिष्मा भने चलचित्रमा आफ्नो मुख्य भूमिका रहेको सुनाउँछिन् । उनले भनिन्-‘चलचित्रमा म नायक रमित ढुंगानाको प्रेमिकाको भूमिकामा छु । तर, मलाई ट्रेलरमा किन राखिएन, वुझ्न सकिन ।’

अशिष्मा चलचित्रको ट्रेलर रिलिजको दिनमा पनि यही कुराले चित्त दुखाउँदै हिडेकी थिइन् । आफूलाई स्थान दिइदैन भने आफू पनि चलचित्रको प्रचारमा नहिड्ने नायिकाको भनाई छ ।
गतबर्षको भदौमा रिलिज भएको चलचित्र ‘भैरव’मा पनि नायिका अनु शाहलाई स्थान नदिएपछि उनले पनि यस्तै कुरा गरेकी थिइन् । के साच्चै, रमितले अशिष्माको अनुहारले काम गर्दैन भन्ने सोचे कि के हो ?

‘कोकाकोला फिगर’ भन्दै चर्चामा आएकी अशिष्मालाई ‘बुद्ध बर्न इन नेपाल’मा रमितले किन स्थान दिन उचित ठानेनन् त ? कि यी दुइको सम्बन्ध गतिलो छैन ? कुरा गम्भिर छ । यो चलचित्र जेठ ७ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment