Comments Add Comment

प्रशान्तले यूएइमा दर्शक झुमाए

prashant in uae
गायक तथा नायक प्रशान्त तामाङले नेपाली नयाँ बर्षको अवसर पारेर दुबइको श्रम बजारमा रहेका नेपालीलाई झुमाएका छन् । नेप्लिज आर्टिस्ट गु्रपले नयाँ बर्षको अवसर पारेर आयोजना गरेको कार्यक्रममा प्रशान्तले आफ्ना चर्चित गीत गाएका थिए ।

उनका साथै यूएइमा रहेर कलाकारहरु बिष्णु गिरी, केपी लामगादे, रामकृष्ण ओझा, अनिल पाण्डे, मनिषा लिम्बु, विक्रम पौडेल, उत्तम तामाङ, मुकुल बदेवीले पनि दर्शकलाई झुमाए । यो कार्यक्रम अन्य विभिन्न स्थानमा गर्ने भनिएतापनि नेपाली कलाकार समुहको व्यवस्थापनले गर्दा सारजाह र रस अल खैमहमा भएपनि भव्य र सभ्य तरिकाले गरिएको कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष गोमा पाण्डेले बताइन् । सो कार्यक्रममा नयाँ बर्षको भाग्यशाली चिठ्ठा पनि राखिएको थियो ।

प्रशान्तले कार्यक्रममा चलचित्रदेखि उनका चर्चित आधुनिक गीत सुनाएका थिए । आगामी दिनमा पनि नेपाली खेलाडी, कलाकार र खेलकुदको बिकासका लागि विभिन्न कार्यक्रम गर्दै जाने नेपाल नेप्लिज आर्टिस्ट गु्रपका संरक्षक रतन थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment