Comments Add Comment

६ सय केजी चकलेटले बनाइयो रजनीकान्तको ६ फिट लामो प्रतिमा

rajanikanth staue
साउथका सुपरस्टार रजनीकान्तलाई भारतका धेरै प्रान्तमा त भगवान् नै मानिन्छ । उनको तस्बिर राखेर पूजा गर्नेहरुको संख्या कम छैन । उनै रजनीकान्तले चलचित्र दुनियाँमा पाइला राखेको ४ दशक भएको छ । यही सुखद अवसर पारेर एक कलाकारले चेन्नइको एक क्याफेमा उनको चकलेटको प्रतिमा तयार पारेका छन् । चेन्नइको एक क्याफेमा राखिएको उनको पूर्ण कदको प्रतिमा बनाउनका लागि ६ सय केजी चकलेट प्रयोग गरिएको  छ ।

कलाकार श्रीनाथले करिब १५ दिन लगाएर यस्तो प्रतिमा बनाएका थिए । रजनीकान्तले चलचित्रमा पुर्‍याएको योगदान र उनको लोकपि्रयतालाई ख्याल गर्दै फ्यानले एक क्याफेमा ६ सय केजीको चकलेट बनाएर राखेका हुन् । उनको प्रतिमा ६ फिटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment