Comments Add Comment

न्यूयोर्कमा डोनाल्ड ट्रम्प र हिलरी क्लिन्टनको जित

Donald-trump-and-Hillary-clinton

८ वैशाख, काठमाडौं । रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेट हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवारी हासिल गर्ने नजिक पुगेका छन् ।

आफ्नो पार्टीमा उम्मेदवारका लागि दौडमा रहेका दुबैले न्यूयोर्कमा भएको प्राइमरी चुनावमा जित हात पारेका छन् ।

न्यूयोर्कमा आफ्ना प्रतिद्वन्द्वी बर्नीलाई हराएपछि क्लिन्टनले भनेकी छिन् कि उम्मेदवारी अब टाढा छैन ।

ट्रम्पले फराकिलो जित हात पारेका छन् । र, सबै डेलिगेट्सले उनको खातामा जाने वाला छ । अब ट्रम्पका प्रतिद्वन्द्वी टेडू क्रूजका लागि उनलाई पछि पार्न अब असम्भव छ ।

जुलाईमा रिपब्लिकन पार्टीको सम्मेलन हुँदैछ, जसले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment