Comments Add Comment

‘कथा मिल्यो भने शाहरुख-सलमानलाई संगै फिल्म खेलाउँछु ‘

salman sharukh 1
‘की एण्ड’का निर्देशक आर बाल्की अमिताभ बच्चनदेखि लिएर करिना कपुरको साथमा काम गरिरहेका अनुभवी निर्देशक हुन् । तर जव उनलाई शाहरुख-सलमानसँग काम गर्ने बिषयमा प्रश्न सोधियो उनले सिधै जवाफ दिए कि शाहरुख-सलमानसँग काम गर्न नचाहने सायदै होलान् ।

पक्कै पनि आर बाल्कीले भनेका छन् कि म सबैसँग काम गर्न चाहन्छु, केवल एउटा राम्रो काहानी र तरिका हुनुपर्छ । जसका लागि उ फिट होस् । म शाहरुख-सलमानसँग पनि काम गर्न चाहन्छु । तर मैले उनीहरुसँग किन काम गर्ने जवकी उनीहरुका लागि फिट हुने कहानी मसँग छैनन् भने ।

उनले भने- ‘यदि मलाई यस्तो कुनै कहानी मिल्यो भने म आफ्नो चलचित्रमा अनुबन्ध गराउनका लागि उनीहरुकोपछि लाग्नेछु ।’ तर आर बाल्कीकी पत्नी गौरी शिन्दे खानको अर्को चलचित्रमा शाहरुख खानले अभिनय गरेका छन् । चलचित्रमा शाहरुखसँग आलिया भट्ट पनि रहनेछिन् ।

यसैपनि बलिउडमा धेरै कम निर्देशक छन् जो आफ्नो चलचित्रमा तीन खानलाई अनुबन्ध गराउन चाहादैनन् । नचाहुन् पनि किन आखिर लामो समयदेखि यिनीहरुनै सुपरस्टारको कुर्सीमा आसिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment