Comments Add Comment

आकर्षक पहिरनमा नीशा, पहिले हुन्थ्यो खुबै आलोचना

nisha adhikari
साच्चै के अब नायिका नीशा अधिकारी पहिरनमा सजग हुन थालेकी हुन् । के नीशाले पनि सार्वजनिक कार्यक्रममा पुग्दा आकर्षक पहिरन लगाउनुपर्छ भन्ने वुझेकी हुन् । वुधबार आयोजित उनी अभिनित चलचित्र ‘हाउ फन्नी’को प्रिमियरमा उनको पहिरन देखेर धेरैले यसै भने । सार्वजनिक कार्यक्रम होस् या चलचित्रको प्रिमियर, नीशाको पहिरनको सधै नै आलोचना हुने गथ्र्यो । तर, वुधबार भने सेतो रंगको पहिरनमा सजिएकी नीशा आकर्षक देखिएकी थिइन् ।

हुनत, यो कार्यक्रममा अन्य नायिकाको पनि उपस्थिती थियो । सायद, आफूले नै अभिनय गरेको चलचित्रको कार्यक्रममा खराब पहिरन लगाएर पुग्दा आलोचनाको सिकार भइन्छ र लाइमलाइट अन्य नायिकाको पोल्टामा पर्छ भन्ने कुरामा नीशा सजग भएको हुनसक्छ । nisha adhikari
तर, जे भएपनि संचारकर्मीदेखि फोटो पत्रकारले लामो समयपछि नीशालाई आकर्षक पहिरनमा देखेका थिए । यसैले नीशाले पनि लामो समयसम्म क्यामेराका अगाडि पोज दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment