Comments Add Comment

कपिलवस्तुको दलित बस्तीमा आगलागी, ३५ घर जले

Fire-at-Kapilbastu
आगोमा जलेको पिपरीस्थित दलित बस्ती

९ वैशाख, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ७ पिपरीस्थित दलितबस्तीमा आगलागी हुँदा ३५ घर-गोठ जलेर नष्ट भएका छन् । चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा आगो सल्किएको थियो ।

आगलामीमा परि चिन्ने मुसलमान, रामआञ्चल केवट, झिन्कु कहार, तुल्सीराम केवट, फुलमती कहार, भुन्नु केवट, कल्लु लोहर, त्रिवेणी लोहर, शिव मगंल गडरियाको घर गोठ जलेका छन् ।

यसैगरी तिलकराम पाल, सगीता कुमारी पाल, गैडा पाल, गौरी शंकर कहार र विरेन्द्र केवटको घर गोठ पनि जलेर खरानी भएको छ ।

kapilbastu-Pipari

आगलागीबाट अन्दाजी ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राजकुमार सिलवालले जनकारी दिए ।

कपिलवस्तु सदरमुकाम तौलिहवाबाट करिव ४५ किलोमिटरको दूरीमा रहेको गाउँमा आगलागी हुनेबित्तिकै दमकक बोलाइए पनि साढे ४ बजे मात्र दमकल आइपुगेको स्थानियले बताए ।

तौलिहवाबाट आएको दमकल, वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली, सशस्त्र वेशक्याम्प विशनपुरको टोली र स्थानीयको प्रयासमा आगो निभाइएको थियो ।

आगलागीमा मानवीय क्षति भने भएको छैन । दलित बस्तीका नागरिकहरुले घरभित्र भएको खाद्यान्न तथा लत्ताकपडा बाहिर निकाल्न समेत नभ्याएको बताएका छन् । पिपरीमा दुई बर्ष अघि पनि आगलागी हुदा ४५ घर जलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment