Comments Add Comment

रोनाल्डो रायो भालेकानोविरुद्ध नखेल्ने

Ronaldo

१० वैशाख, काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले रायो भालेकानोविरुद्धको खेल गुमाउने भएका छन् ।

स्पेनिस ला लिगामा रियल मड्रिडले शनिबार राति रायो भालेकानोसँग खेल्दैछ । प्रशिक्षक जिनेदान जिदानले रोनाल्डोलाई खेलाएर रिस्क लिन नचाहेको बताएका छन् ।

भिल्लारियलविरुद्धको खेलमा बाइसाइकल किक हान्ने क्रममा उनको तिघ्राको मांशपेशीमा दबाव परेको थियो ।

रोनाल्डो च्याम्पियन्स लिगको सेमिफाइनमा खेल्ने अपेक्षा छ । मंगलबार सेमिफाइनको पहिलो लेगमा रियल मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीको सामना गर्नेछ ।

प्रशिक्षक जिदानले भनेका छन्, ‘उनलाई हाम्रो लक्ष्य थाहा छ । त्यसैले उनी मंगलबारको खेलका लागि तयार हुन्छन् ।

रोनाल्डोको अनुपस्थितिमा ग्यारेथ बेल खेल्न सक्नेछन् । उनी अभ्यासमा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment