Comments Add Comment

यी हुन् जुम्ल्याहा, तर उमेरको अन्तर २ वर्ष !

twinsजुम्ल्याहा बच्चा भन्नाले आमाले सँगै जन्माएका बच्चा भन्ने बुझिन्छ । जुम्ल्याहा बच्चाको जन्म केही मिनेटको अन्तरमै भएको हुन्छ । तर यो दुनियामा दुइ वर्षको अन्तरमा जन्मिएका बच्चा पनि जुम्ल्याहा हुँदा रहेन् ।

बेलायतमा दुइजना यस्ता जुम्ल्याहा बच्चा छन् जसको उमेरको अन्तर २ वर्ष छ । के यस्तो पनि सम्भव होला ? हो, यी जुम्ल्याहा बच्चाका बुवा आमाले राजीखुसी र सहमतिमै दुइ वर्षको अन्तरमा दुइजना जुम्ल्याहा बच्चा जन्माएका हुन् ।

बेलायतको लेचेस्टरमा बस्ने रिचार्ड तथा रशेल बेस्ट दम्पत्तिका दुइजना बच्चा छन् । एकजनाको नाम ओलिभर र अर्काको आइज्याक । यी जुम्ल्याहा दाजुभाइको उमेर भने दुइ वर्ष फरक छ ।

ओलिभरको उमेर २ वर्षको भैसकेको छ भने आइज्याक बल्ल एक महिनाका भए । उमेरमा यतिठूलो अन्तर भएका कारण व्यवहारिक रुपमा पनि यी दाजुभाइलाई जुम्ल्याहा भन्न मिल्ने र मानिसहरुले पत्याउने कुरै भएन । तर वास्तवमा यी दाजुभाइ जैविक रुपमा जुम्ल्याहा नै हुन् । अर्थात् यिनीहरु एउटै भ्रुणबाट विकशित भएका हुन् ।

दुइ वर्ष उमेर फरक भएका जुम्ल्याहा बच्चा जन्माउन चिकित्सा विज्ञानको चमत्कारले सम्भव तुल्याएको हो । यी दुबै बच्चा टेस्टट्युब प्रविधिबाट जन्माइएका हुन् ।

बेस्ट दम्पत्तिले बच्चा जन्माउनका लगि टेस्टट्युब प्रविधिबाट फर्टिलाइजेसन गर्ने क्रममा जुम्ल्याहा भ्रुण विकशित भयो । त्यसपछि डाक्टरहरुले उक्त जुम्ल्याहा भ्रुणको एक हिस्सालाई छुट्टाएर त्यसलाई पि|mज गरेर राखे र आधा भ्रुण आमा रशेलको पाठेघरमा राखिदिए ।

यसरी ओलिभरको भ्रुण आमाको कोखमा हुर्कियो र दुइ वर्षअघि उनी जन्मिए । जेठो छोरा एक वर्ष नाघेपछि बेस्ट दम्पत्तिलाई सुरक्षित राखेको भ्रुणबाट गर्भाधारण गर्ने मन जाग्यो र सोही बमोजिम गरे । दुइ वर्षअघि सुरक्षित राखेको उक्त भ्रुणबाट हालै दोश्रो बच्चा आइज्याक जन्मिएको छ ।

यी दुइ भाइको उमेरमा २ वर्षको अन्तर भएपनि यसरी जैविक रुपमा उनीहरु जुम्ल्याहा हुन् । दुइ वर्षको अन्तरमा जुम्ल्याहा जन्माउन विज्ञानले सम्भव तुल्याइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment