Comments Add Comment

अनुपविक्रम शाही, ‘ह्यान्डस भिलेन’

anu bikram sahi
नायक अनुपविक्रम शाही ह्यान्डसम छन् । उनको उचाई र लुक्सको प्रशंसा चलचित्र क्षेत्रमा पनि हुन्छ । पूर्व मिस नेपाल मलिना जोशीका प्रेमी समेत रहेका अनुप विक्रमको लुक्स अनुसार उनी चलकेटी नायकको रुपमा जम्नु पर्ने हो ।

तर, उनको हकमा भने त्यस्तो भैरहेको छैन । उनलाई मुख्य नायकको रुपमा लिएर बनाइएको चलचित्र ‘ठमेल डट कम’ असफल बन्यो । तर, अनुप विक्रमलाई दर्शकले खलपात्रको भूमिकामा भने रुचाइरहेका छन् ।

चलचित्र ‘हँसिया’मा अनुपले निर्वाहा गरेको खलपात्रको भूमिका सर्वाधिक चर्चामा थियो । देश तथा विदेशमा रहेका नेपाली र अझ विशेषगरि यूवतीले उनलाई खलपात्रको भूमिकामा रुचाए । अनुप विक्रम अहिले यस्तै खालका भूमिका धेरै गरिरहेका छन् । चाहे अहिले प्रदर्शन भैरहेको चलचित्र ‘हाउ फन्नी’ नै किन नहोस् । अनुप ह्यान्डसम खलपात्रको रुपमा जम्दैछन् ।

सविर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ‘किङ’मा पनि अनुप अनुवन्धित भएका छन् । तर, यो चलचित्रमा पनि अनुपलाई दर्शकले प्रेमी भिलेनको रुपमा नै देख्न पाउने वुझिएको छ । तर, निर्माणपक्षले उनको भूमिकालाई सस्पेन्स नै राखेको छ ।

निखिल उप्रेती र वेनिशा हमाल चलचित्रका मुख्य नायक-नायिका हुन् । ह्यान्डस भएर पनि खलपात्रमा जमेका अनुहार कमै मात्र भेटिन्छन् । अनुपलाई अब दर्शकले ‘ह्यान्डस भिलेन’को रुपमा चिन्ने त होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment