Comments Add Comment

सिक्स प्याक बनाउन २ लाख खर्च, टाइगरसँग नाम नजोडिएकै राम्रोः आर्यन

aaryan adhikari
चलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक भएसँगै नायक आर्यन अधिकारीको खुबै चर्चा छ । विशेषगरि, उनको एक्सन, सिक्स प्याक शरीरले अहिले चर्चा पाइरहेको छ । आर्यनले पनि चलचित्र क्षेत्रमा आउनका लागि खुबै मिहिनेत गरे । आखिर, यस्तो शरीर बनाउन कती तपस्या गर्नुपर्छ त, आर्यनसँग गरिएको कुराकानी पढ्नुहोस्ः

तपाई त चलचित्र क्षेत्रमा २ बर्ष अगाडि नै आउन खोज्नु भएको थियो होइन, फेरि किन ढिला गर्नुभयो ?
हो, म २ बर्ष अगाडि नै यो क्षेत्रमा आउन चाहन्थेँ । तर, पछि मलाई केही हतार हुन्छ जस्तो लाग्यो । आफू पनि तयार भएको छैन जस्तो महुशश भयो । चलचित्र सम्बन्धी केह अध्ययन गर्न जरुरी छ जस्तो लागेर केही बर्ष ढिला गरेेँ ।

तपाइको शरीरको अहिले खुबै चर्चा छ, के खानुहुन्छ शरीर यस्तो बनाउन ?
म विशेषगरि, चिकेन बढी खान्छु । शरीर बनाउनु भनेको तपस्या गर्नु जस्तै हो । जीम मात्र गएर शरीर बन्दै, खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । शरीर बनाउने समयमा कुनै पेय पदार्थ खादा पनि सोच्नुपर्ने हुन्छ । ५-६ महिना त मैले नुन कम खाए, चिल्लो खानेकुरा हेर्दै हेरिन । खानाहरुलाई अरु कुराले रिप्लेस गरे । अन्डा, ओड्सहरु बढी खाए ।

तपाइको त सिक्स प्याक छ, चलचित्रकै लागि बनाउँछु भनेर कती मिहिनेत गर्नुभयो ?
चलचित्रकै लागि त मैले ६ महिना पूर्ण रुपमा वर्कआउट गरेको थिएँ ।

कती भयो खर्च यसरी शरीर बनाउँदा ?
पैसा त धेरै नै लाग्छ । ६ महिनासम्म खान नखाएर अरु कुरा खाँदा त्यसमै बढी खर्च लाग्छ । सप्लिमेन्टहरु बढि खानुपर्छ । हामीले खाने खानको प्रोटिनले मात्र पुग्दैन, अलग खानुपर्छ । यसैले यस्तो कुरा मात्र खानका लागि २ लाख खर्च भयो ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त, तपाइको नाम बलिउड नायक टाइगर श्राफसँग जोडियो ?
टाइगर श्राफ र मेरो ज्यान उस्तै भएर पनि जोडिएको होला । मलाई पनि सामाजिक संजालमा यो कुरा नआएको होइन । तर, यो राम्रो हो जस्तो लाग्दैन । कसैसँग तुलना हुनु, कसैको नामसँग जोडिनु त्यती राम्रो होइन । तर, जोडिन्छ नै भने त मैले पनि के भन्न सक्छु र ।

धैरैले त तपाइको शरीर फोटोसपबाट बनाइएको हो पनि भने है ?
यो पनि मैले सुनेको थिएँ । यदि, मैले चलचित्रभित्र कपडा नखोलेको भए यो भन्नेहरुलाई बल पुग्थ्यो । तर, भिडियोमा भने जे हो त्यही नै देखिन्छ । यसैले पनि अहिले धेरै जनाले यो कुरा वुझिसक्नु भएको छ ।

अब, तपाई एक्सनमै जम्नुहुन्छ कि अरु चलचित्र पनि गर्नुहुन्छ ?
यो क्षेत्रमा चल्नका लागि मानिसले कुनै न कुनै धारलाई समात्नुपर्छ । अहिले त म एक्सन मुभी नै गर्न चाहन्छु । तर, सधै एक्सन नै गर्नुपर्छ भन्ने पनि छैन । अहिले चलचित्रको कुरा त भैरहेको छ तर कुनै संझौता भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment