Comments Add Comment

प्रेमीलाई भारतीय स्टाइलमा रोमान्स सिकाउँदै मल्लिका

mallika and her gf
नायिका मल्लिका शेरावतले धेरै चलचित्रमा नायकलाई रोमान्स गर्न सिकाएकी छिन् । हिन्दी चलचित्र ‘ख्वाहिस’वाट डेब्यु गरेकी मल्लिकाले चकलेटी नायक ईमरान हास्मीदेखि ओम पुरी सम्मलाई रोमान्स गर्न सिकाएकी छिन् ।

रिलमा मात्रै हैन अब रियलमा पनि पुरुषलाई रोमान्स गर्न सिकाउनेछिन् मल्लिकाले । पछिल्लो समय फ्रान्सेली रियल-स्टेट ब्यबसायीसँग प्रेममा डुबेकी मल्लिका अहिले आफ्नो प्रेमीलाई भारतीय स्टाईलमा रोमान्स गर्न सिकाउँदैछिन् ।

प|mान्सेली नागरिक साइरिल अक्जेनफ्यान्ससँग प्रेम सम्बन्ध गाँसेकी मल्लिका साइरिललाई भेट्न भन्दै पाँच हप्ता अगाडि पेरिस गएकी थिइन् । केही दिन पेरिसमै बसेकी मल्लिकाले आफुले पेरिसमा प|mान्सेली स्टाईलमा रोमान्स गरेको बताइन् । प्रेमीले पेरिसमा फ्रान्सेली स्टाइलमा आफुलाई रोमान्स गर्न सिकाएको भन्दै उनले प्रेमीलाई भारतीय स्टाइल सिकाउन भारतमै बोलाएकी छिन् ।

‘उनले मलाई पेरिसको रोमान्स स्टाईल सिकाए, म भारतको स्टाइल सिकाउँछु ।’ भारतीय मिडियासँग कुरा गर्दै मल्लिकाले भनिन् । अहिले भारतमा रहेका साईरिललाई भारतका केही महत्वपूर्ण स्थान घुमाउने योजनामा रहेकी मल्लिका उनलाई भारत बसुन्जेल भारतीय टेष्ट अनुसारकै खाना खुवाउने योजनामा छिन् ।

सामान्य परिचयवाट उनीहरुको सम्बन्धको सुरुवात भएको थियो । केही समय साथी बनेका उनीहरु छिट्टै प्रेमी बनेका थिए । गएको भ्यालेन्टाईन डेको अवसरमा साइरिलले मल्लिकालाई एउटा लक्जरी कार उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment