Comments Add Comment

साहरुखको उचाई अब ३ फिट, तनु वेड्स मनुु निर्देशकको महत्वकांक्षी प्रोजेक्ट

Shahrukh Khan dwarf in Anand L Rai movie

चर्चित बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठुलो पर्दाको चलचित्र बनाउने भएका छन् ।

उनको यस चलचित्रमा बलिउड वादशाह साहरुख खानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग काम गर्न इच्छुक थिए । उनी भन्छन्-ुयो मेरो महत्वकांक्षी चलचित्र हो । यस चलचित्रका लागि मैले निकै मेहनत गरेको छु ।ु निर्देशक रायको भनाई अनुसार यो एउटा होचो मान्छेको कथा हो तर, उसको मन निकै ठूलो छ । यो चलचित्रमा साहरुखको उचाई ३ फिटको हारहारीमा हुनेछ ।

जमिनसँग जोडिएको कथामा चलचित्र बनाएका रायको लगानीमा बनेको  चलचित्र निल बट्टे सन्नाटालाई समिक्षकले निकै तारिफ गरेका थिए । उनी भन्छन्-ुयस्ता चलचित्रलाई ज्युँदो राख्न बक्स अफिसको जरुरी छ ।ु साना कथाहरुले पनि क्रमश बक्स अफिसमा स्थान पाउँदै गएकोमा उनी खुसी छन् ।

साहरुख खान पनि यो कथालाई लिएर उत्साहित छन् । साहरुखले मसला चलचित्रमा काम गरेको भनेर आरोप खेपिरहँदा अब भने उनले कथावस्तु पनि हेर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment