Comments Add Comment

अशिष्माकाे आक्रोशमा रमितले दिए यस्तो जवाफ

ramit and ashisma
नायिका अशिष्मा नकर्मीले उनी अभिनित चलचित्र ‘बुर्द्ध बर्न इन नेपाल’को प्रमोशनमा आफूलाई स्थान नदिएको भन्दै चित्त दुखाएकी थिइन् । उनले, चलचित्रमा आफू मुख्य नायिका भएपनि निर्माणपक्षले ट्रेलरदेखि प्रमोशनमा स्थान नदिएको भन्दै अशिष्मा आक्रोशित भएकी थिइन् । तर, चलचित्रका निर्माता एवं नायक रमित ढुंगानाले भने यो चलचित्र माया प्रेममा आधारित नभएकाले बिषयवस्तु अनुसार ट्रेलर तयार पारिएको बताए । उनले भने-‘अशिष्माजीको कुरा मैले पनि पढेको थिएँ । तर, यो चलचित्र लभस्टोरी बिषयमा तयार छैन । हामीले चलचित्रको बिषयवस्तु अनुसार ट्रेलर तयार पारेका छौ । यो नायिकालाई ‘आई लभ यू’ भन्ने चलचित्र होइन ।’

आफू अमेरिका जाने र आउने गर्दाको क्रममा नेपाल बाहेक अन्य देशमा वुद्ध भारतमा जन्मेका हुन् भन्ने सन्देश फैलिएको देखेको भन्दै यसबाट नै चलचित्र बनाउने उत्प्रेरणा आएको उनले सुनाए । उनका अनुसार नेपाल बाहेक अरु देशका मानिसलाई वुद्ध भारतमा जन्मिएका छन् भन्ने छ ।

सुरुमा चलचित्र बनाउँदा आफू एक्लै भएको भन्दै उनले अहिले नेपाल सरकार र दर्शकको साथ रहेको सुनाए । नेपाली दर्शकले भने चलचित्रबाट के पाउँछन् त भन्ने प्रश्नमा उनले भने-‘वुद्धको बिषयमा विश्वभरमा कस्तो भ्रम फैलाइएको छ भन्ने दर्शकले थाहा पाउनुहुनेछ । जसले गर्दा, यस बिषयमा उहाँहरु पनि सन्देश फैलाउन लाग्नु हुनेछ ।’

उनले अब आफूले राष्ट्रियताको कथामा चलचित्र बनाउने सोच बनाएको बताए । रमितले भने-‘सुरुवातदेखि नै मलाई पनि राष्ट्रियताको बिषयमा चलचित्र बनाउन मन थियो । तर, अरु ब्यानरका चलचित्र गर्दा मैले त्यो अवसर पाइन । अब यस्तै बिषयलाई नै निरन्तरता दिन्छु ।’ यो चलचित्र जेठ ७ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment