Comments Add Comment

वनमा आगो लगाउनेलाई खसी जरिवाना

१४ वैशाख, जुम्ला । कुडारी गाविस–४ स्थित जुम्लीभिड राष्ट्रिय वनमा सोमबार आगलागी हुँदा छ हजारभन्दा बढी बिरुवा सखाप भएका छन् ।

Khasiस्थानीयवासी महिलाले चुरोट सल्काएर खाएको ठुटो जथाभाबी फालेका कारण वनमा डढेलो लागेको सोही वडाका महिलाले बताएका छन् ।

‘गुच्ची च्याउ खोज्न गएका बेला एक महिलाले चुरोटको ठुटो फालेकी थिइन्, पछि त्यही ठुटोबाट डढेलो सुरु भयो,’ स्थानीयवासी सविना शाहीले बताइन् । उनका अनुसार पछि स्थानीयवासी सबै महिला जुटेर तीन घन्टापछि डढेलो नियन्त्रणमा लिएका थिए ।

डढेलोबाट सल्लो र देवदारका बिरुवा नष्ट भएको छ । उनका अनुसार आगो निभाउँदा स्थानीयवासी कुसा कामीको एउटा खुट्टा र कपडा पोलिएको तथा उनको स्थानीय औषधि पसलमा उपचार भइरहेको छ ।

‘हामीले यसमा पुरुषको धेरै साथ सहयोग पायौँ, जसका कारण आगो नियन्त्रणमा ल्याइयो,’ स्थानीयवासी जानकी शाहीले भनिन् । यहाँका पुरुष महिला मिलेर आगो नियन्त्रणमा नलिएको भए हजार बिरुवा नष्ट हुने थिए । समुदायका अन्य महिलाले आगलागीमा संलग्न महिलालाई एउटा खसीको जरिवाना गरेका छन् ।

त्यसैगरी आइतबार जिल्लाको देपालगाउँमा पनि आगलागी हुँदा सयौँ सल्लाका बिरुवा नष्ट भएका छन् । आगलागी साँझ भएकाले सुरक्षाकर्मी पठाउन नसकिएको तर स्थानीयवासीलाई परिचालन गर्न लगाएर आगो नियन्त्रणमा ल्याइएको प्रजिअ रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै गाविसलाई डढेलो लाग्नबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment