Comments Add Comment

रोनाल्डो खेलेनन्, हार्टले म्यानचेस्टर सिटीलाई बचाए

Man city

१५ वैशाख, काठमाडौं । गोलकिपर जोए हार्टले म्यानचेस्टर सिटीको पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेका छन् ।

मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा हार्टले दुई उत्कृष्ट बचाउ गरेपछि म्यानचेष्टर सिटीले रियल मड्रिडसँग गोलरहित बराबरी खेलेको छ ।

इत्तेहाद स्टेडियममा भएको खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेलेनन् । प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डो फिट भएको दाबी गरेका थिए । तर, थाइ इन्जुरीका कारण मैदान उत्रन सकेनन् ।

खेलको २० औं मिनेटमा रियल मड्रिडका जोसेको हेड बारमा लाग्यो । त्यसअघि हार्टले कासेमेरो कर्नर बचाउ गरेका थिए । हार्टले अर्नमार्क रहेका पेपेको करिव पाँच यार्ड टाढाबाट गरेको गोल प्रयासमा उत्कृष्ट बचाउ गरे ।

सिटीले भने खेलको अन्तिममा गोलको राम्रो प्रयास गरेको थियो, सफल भएन । खेलको रियल मड्रिडका ग्यारेथ बेलले गोलको पाँच प्रयास गरे, जुन सिंगो सिटीको टिमको भन्दा बढी हो ।

तर, रोनाल्डोको अनुपस्थितिमा रियल सिटीका लागि खतरा बनेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment