Comments Add Comment

सरकारले तयार गर्‍यो पुनर्निर्माणमा ११ सय इन्जिनियर

Gorkha Laprak, earthquake Victims (15)१५ वैशाख, काठमाडौं । अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पपीडित १९ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार पारेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्रधाकिरण, सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजका विज्ञले सोमबार र मंगलबार तालिम दिएर एक हजार एक सय इन्जिनियरलाई भूकम्प प्रभावित गाउँमा परिचालन गर्न तयार बनाएका आजको अन्नपूर्णमा समाचार छ ।

उनीहरुले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रम गरी विदाइ गर्न लागेका हुन् ।  सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यन्वयन इकाइका प्रमुखसमेत रहेका सहसचिव शिवहरि शर्माका अनुसार एक साताभित्र तालिम पाएका इन्जिनियर सम्बन्धित जिल्लामा पुगिसक्नेछन् ।

अमेरिकी सहयोग नियोग यूएसएडको आर्थिक सहयोगमा तालिम पाएका इन्जिनियरले गाउँमा पुगेर भूकम्पप्रतिरोधी निजी आवास निर्माणमा प्राविधिक सहयो पुर्याउनेछन् ।

इन्जिनियरले गर्ने जाँचका आधारमा सरकारले भूकम्पप्रतिरोधी घर निर्माण गर्न तीन चरणमा दुई लाख रुपैयाँ अनुदान उपलव्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment