Comments Add Comment

बाग्लुङमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु

fire
फाइल तस्वीर

१५ वैशाख, बाग्लुङ । बाग्लुङको एक घरमा आगो लाग्दा एकै परिवारका दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

बोहोरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा गएराती आगो लाग्दा उनका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर र गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारणबारे थाहा हुन सकेको छैन । प्रहरी र स्थानीय मिलेर गएराति अबेर आगो निभाएका थिए ।

यसैगरी सल्यानमा डढेलो निभाउने क्रममा जलेर आमा-छोराको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment