Comments Add Comment

नक्कली ३ इन्जिनियर पक्राउ, कम्प्युटर डिजाइनर पनि समातिए

१५ वैशाख, काठमाडौं । सिआइबीले नक्कली डाक्टरविरुद्ध कार्वाही अभियान चलाइरहेको छ । यता अपराध महाशाखाले भने नक्कली इन्जिनियरको आरोपमा पनि ३ जनालाई पक्राउ गरेको छ ।

Hitesh,-Pujan-and-Sanat
हितेश, पुजन र सनत । वायाँबाट क्रमश:

नक्कली प्रमाणपत्र बनाएर इन्जिनियरिङ परिषदमा समेत दर्ता गराको आरोपमा अपराध महाशाखाको टोलिले डोटी दिपायलका हितेश सिंह, खोटाङ बाक्सिलाका पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठका सनत श्रेष्ठलाई पक्राउ गरेको हो ।

कम्प्युटर डिजाइनर पनि समातिए

उनीहरुलाई नक्कली इन्जिनियर बनाउने काममा संलग्न अरु दुई जना पनि पक्राउ परेका छन् । ललितपुरको गाबहालमा कप्युटर डिजाइनको कार्यालय समेत खोलेर इन्जिनियरहरुको लागि आवश्यक नक्कली कागजपत्र बनाइदिने गरेको आरोपमा गाबहालकै अंकित खड्का र सुबित खड्कालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुबित र अंकितले इन्जिनियरका लागि आवश्यक नक्कली प्रमाणपत्र बनाइदिनुको साथै इन्जिनियरिङ परिषदमा दर्ता गर्न आवश्यक कागजातसमेत तयार पारिदिने गरेको अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुको साथबाट नक्कली इन्जिनियर बनाउन आवश्यक कागजात, उपकरण तथा छाप समेत बरामद भएका छन् ।

सुबिन र अंकितले कहिलेबाट नक्कली इन्जिनियर बनाउने धन्दा सुरु गरेका थिए भन्ने अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment