Comments Add Comment

लुम्बिनीमा बुद्ध जयन्तीका लागि एक करोड विनियोजन

काठमाडौंको खर्च नेपाल सरकारले व्यहोर्ने

Press-Meet-about-Buddhya-Jayanti
बुद्ध जयन्तीको अवसरमा हुने कार्यक्रमबारे पत्रकारसम्मेलन मार्फत् जानकारी दिँइदै

१५ वैशाख, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मनाइने २५६० औँ अन्तराष्ट्रिय बुद्ध जयन्तीको तयारी तिव्र रुपमा भइरहेको छ ।

बुद्ध जयन्तीका लागि लुम्बिनी विकास कोषबाट एक करोड रुपैयाँ विनियोजन भएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तमाङले बताएका छन् ।

‘यो रकम लुम्बिनीमा मनाइने बुद्ध जयन्तीको लागि मात्र हो,’ तामाङले बुधबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा भने,’ काठमाडौंमा हुने बौद्धको सम्मेलनको खर्च यसमा समावेश गरिएको छैन, त्यो नेपाल सरकारले व्यहोर्नेछ ।’

विगतभन्दा फरक तरिकाले बुद्ध जयन्ती मनाउन गइरहेको हुँदा विगतमा भन्दा बढी रकम विनियोजन भएको उनले बताए । विगतमा बुद्ध जयन्तीमा २५/३० लाख रुपैयाँ मात्रै खर्च हुने गर्दथ्यो  ।

बुधवार लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव तमाङले बुद्ध जयन्तीका लागि विभिन्न समितिहरु गठित भइसकेको बताउँदै सबै समितिले आ-आफ्नो काम तिव्र रुपमा गरिरहेको बताए ।

अगामी जेठ ८ गते मनाइने बुद्ध जयन्तीका लागि लुम्बिनी क्षेत्रमा सरसफाइ, रंगरोगन लगायतका कामहरु तिव्र रुपमा भइरहेको कोषले जनाएको छ ।

मोदीदेखि मुनसम्म निम्तो, नेपाल आउने निश्चित छैन

कोषले दिएको जानकारी अनुसार बुद्ध जयन्तीमा सहभागी हुनका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति लगायतका साथै युरोप र एशियाका गरी २२ वटा देशका संस्कृति मन्त्रीलाई समेत निमन्त्रणा गरिएको छ । तर, उनीहरु आउने वा नआउने निश्चित छैन ।

जेठ ६ र ७ गते बौद्ध सम्मेलन काठमाडौंमा हुने छ भने ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी लुम्बिनीमा बुद्ध जयन्ती मनाइने छ ।

कोषले बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनाहरुलाई लुम्बिनीका साथै बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्राम पनि अवलोकन गराइने बताएको छ ।

सदस्य सचिव तामाङका अनुसार लुम्बिनी आउने पाहुनाहरु जेठ ८ गते बुद्ध जयन्तीमा सहभागी हुने, जेठ ९ गते कपिलवस्तुको तिलौराकोट, जेठ १० र ११ गते रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम अवलोकन गराइने छ ।

साथै उनले आन्दोलनरत लुम्बिनी विकासका कोषमा कार्यरत कर्मचारीलाई पनि सहमतिबाट समस्या समाधान गरी बुद्ध जयन्तीमा सहभागी गराइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment