Comments Add Comment

नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

१६ वैशाख, बैतडी । बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

baitadi-Mapमृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् । मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो ३ बजे खोलामा नुहाउन गएका किशोरी बेपत्ता भएको धेरै समयपछि पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ  मृत अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment