Comments Add Comment

कट्रिनाको ठाउँमा सलमानले ज्याकलिनलाई राखे

Salman-Jacquline
Salman-Jacquline

मुम्बई । केहि दिन अघि बलिउडमा एउटा हल्ला चल्यो । सलमानले एउटा फिल्म बनाउदैछन् । निर्देशकमा तरुण मनसुखानी र नायिका कट्रिना कैफ । रणबीर कपुरसँग ब्रेकअपपछि तनाबमा रहेकी कट्रिनाको लागि आफैंमा राहतको खबर थियो ।

सलमानको फिल्ममा कामको कुरै नभई केहि दिनमै कट्रिनाले अर्को दुःखद खबर सुन्नु पर्‍यो । कट्रिनालाई ज्याकलिन फर्नाडिसले रिप्लेश गरिन् । यसको अर्थ सलमान कट्रिनाको फ्यानले कहिल्यै उनीहरुलाई संगै देख्न पाउदैनन् भन्ने चाँही हैन है । साजिद नाडियावाला सलमान र कट्रिनालाई मुख्य भुमिकामा लिएर फिल्म बनाउने अन्तिम तयारीमा छन् ।

यदि उनको कुरा मिल्यो भने फेरि सलमान र कट्रिनाको जोडीलाई हेर्न पाउनेछन् दर्शकले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment