Comments Add Comment

एमाओवादी स्थायी समिति बैठकमा पार्टी एकताबारे छलफल

UCPN-Maoist-Meeting

१६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा छलफल सुरु भएको छ ।

आज बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ ।

बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने गरी आज स्थगित भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment