Comments Add Comment

पहिलो लेगमा लिभरपुल पराजित

Liverpool१७ वैशाख, काठमाडौं । अन्तिम मिनेटमा गोल खाएपछि युरोपा लिग फुटबलको फाइनलमा पुग्ने लिभरपुलको सपनामा धक्का लागेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा भिल्लारियलले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो । दोस्रो लेग अब लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अन्तिम मिनेटमा गोल खाएको थियो । खेल सकिनै लाग्दा एडि्रनले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् ।

यसअघि पहिलो हाफमा दुबै टिमले केही मौका पाएका थिए । लिभरपुलका फिर्मिन्होको प्रहार बारमा लागेको थियो ।

इंग्लिस क्लब लिभरपुलले २००७ मा च्याम्पियन्स लिगको फाइनल खेलेयता युरोपियन फाइनल खेलेको छैन । त्यसबेला लिभरपुल एसिमिलानसँग २-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment