Comments Add Comment

७ वर्षअघि बिहे भएका लोग्नेस्वास्नी साख्खे दिदीभाई

brother-sisterजिन्दगीमा कहिलेकाहीँ यस्ता घटना पनि हुँदारहेछन् जसले मानिसको मथिंगल पूरै हल्लाइदिन्छन् र अगाडि के गर्ने भन्ने सोँच्न पनि सकिन्न । कतिपय मानिस सामु त यस्तो धर्मसंकट आइलाग्छ जुन दुनियाका अरु मानिसले भोग्नै पर्दैन ।

ब्राजिलमा एक विवाहित दम्पत्तिमाथि यस्तै बज्रपात भएको छ । बिहे भएर सात वर्षसम्म सँगै बस्दै आएका लोग्ने स्वास्नीले सात वर्षपछि एकाएक आफुहरु त साख्खे दिदी भाइ रहेको पत्तो पाएका छन् ।

ब्राजिलको साओपाओलोमा भएको हो यो घटना । ३७ वर्षका लियन्ड्रो र ३९ वर्षकी एडि्रयनालाई हालैमात्र आफुहरु दिदी भाइ रहेको थाहा भयो । ७वर्षअघि उनीहरुबीच बिहे भएको थियो । बिहेको यत्रो वर्षपछि यस्तो पवित्र नाता सम्बन्धको खुलासा भएपछि अब के गर्ने ? उनीहरु बिलखबन्दमा छन् ।

लियन्ड्रो ८ वर्षका छँदा उनलाई आफ्नी आमाले छाडेर पोइल गएकी रहेछिन् । उनको पालनपोषण सौतेनी आमाले गरिन् । एडि्रयाना १वर्षकी छँदा उनलाईपनि उनकी आमा मारियाले छाडेर गइन् र बुवाले उनको हेरचाह गरे ।
समय बित्दै गयो । जवान भएसँगै एडि्रयानाको भेट एक ट्रक ड्राइभर लियन्ड्रोसँग भयो । दुइबीच प्रेम भयो र बिहे पनि गरे । उनीहरुको कोखबाट छोरी समेत जन्मिइन् ।

दुबैजना आमाले छोडेका टुहुरा थिए । बिहे पछि नै उनीहरुले आ आफ्नी आमालाई खोज्ने प्रयास सुरु गरे । एडि्रयानाले एक रेडियो च्यानलका सहयोगमा आमाको खोजी सुरु गरिन् ।रेडियो कार्यक्रमले नतिजा दियो ।

उनकी आमा मारियाले उक्त कार्यक्रम सुनिन् र रेडियोमा फोन गरिन् । आमा मारियासँग एडि्रयानाको कुराकानी भयो फोनमा । कुराकानीकै क्रममा मारियाले आफ्नो लियन्ड्रो नाम गरेको छोरा पनि रहेको र ऊसँग आफुले भेट्न चाहेको बताइन् ।

जब आमा मारियाले लियन्ड्रो आफ्नो छोरा भएको कुरा बताइन् तब एडि्रयानाको होस हवास उड्यो ।रेडियो कार्यक्रमकै दौरान उनी रुन थालिन् । लियन्ड्रो र आफु लोग्नेस्वास्नीको रुपमा रहेको कुरा उनले आमा मारियालाई बताइन् ।

आफ्नै कारण आफ्ना छोराछोरीले एक आपसमा अनजान भएर बिहे गरी पति पत्नी बन्नुपरेको घटनाले मारियालाई ठूलै झट्का दियो ।

नाताले दिदी भाइ रहेका लियन्ड्रो र एडि्रयाना निकै ठूलो संकटमा परे । अब के गर्ने? बिहे गरेको लामो समय भैसकेको र छोरी पनि जन्मिसकेको अवस्थामा उनीहरु छुटि्टनु सजिलो थिएन । त्यसैले जे सुकै होस् उनीहरु अब बाँकी जिवन पनि सँगै बिताउने निष्कर्षमा पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment