Comments Add Comment

नीतालाई विस्थापित गरिन् संचिताले, बनिन् जीवनकी ‘राधा’

Nita and Sanchita
चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को असफलताले नायिका नीता ढुंगानालाई ठूलै घाटा लाग्ने छनक देखिएको छ । किनकी, नीताका लागि बर्षमा एउट हिट चलचित्र निर्देशन गरिरहेका निर्देशक योगशे घिमिरेले यसपटक भने उनको साथ छाडेका छन् ।

योगेश नयाँ चलचित्र ‘राधा’को छायांकनमा जाने तयारीमा छन् । यो चलचित्रमा नायक जीवन लुइटेल पक्का भैसकेका छन् । जीवन योगेशको ब्यानरबाट टाढा नहुने नायक हुन् । जीवनलाई लिएका योगेशले नीतालाई भने लिएनन् । उनको ठाउँमा नायिका संचिता लुइटेलको इन्ट्री भएको छ । संचिता २ सन्तानलाई जन्म दिएपछि चलचित्र क्षेत्रमा जम्ने तयारीमा त छिन् । तर, उनको हातमा गतिला चलचित्र परेका छैनन् ।

‘नोटबुक र भुलभूलैया’ जस्ता सफल चलचित्र दिएका योगेशले यसपटक भने संचितालाई ‘राधा’ बनाएका छन् । चलचित्रको छायांकन वैशाख २२ गतेबाट सुरु हुने योगेशले जानकारी दिए ।
उनले निर्देशन गरेको ‘नोटबुक र भुलभूलैया’मा नायिका नीता ढुंगाना नै थिइन् । योगेश नीता र जीवनको जोडीलाई आफूले नै हिट बनाएको मान्छन् । तर, यसपटक उनले नीतालाई लिएनन् ।
यसको अर्थ के नीताको चर्चामा एउटा चलचित्रको असफलताले नै धक्का हानेको हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment