Comments Add Comment

पहिलो चरणमा छानिएका सबै एक महिनाभित्र इजरायल जाने

१४ जना नेपालीले पुगेर काम थाले

caregiver१८ वैशाख, काठमाडौं । सरकारीतवरबाट पहिलो चरणमा केयर गिभरमा रुपमा छानिएका सबै युवा अबको एक महिनाभित्रै इजरायल पुग्ने भएका छन् ।

इजरायलले पहिलो चरणमा ५९ जना नेपाली युवालाई केयर गिभरका रुपमा लैजाने गरी छनोट गरेको थियो । यसअन्तरगत पहिलो लटमा १४ जना नेपालीले इजरायल पुगेर काम थालिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक जनकराज रेग्मी आफैं नेपाली केयर गिभरसँगै इजरायल पुगेर नेपाल फर्किएका छन् । उनले इजरायलमा नेपाली युवालाई काम गर्ने वातावरण राम्रो रहेको बताए । ‘म आफैं इजरायल गएर हाम्रा युवाले गर्ने काम र त्यहाँका वातावरणबारे बुझेर फर्किएँ’ रेग्मीले भने-‘कामदारले काम गर्ने केही घरहरुमा पनि गएँ । हामीले चिन्ता लिनुपर्ने कुनै विषयहरु छैनन् ।’

अब बाँकी ४५ जनालाई एकैपटक इरजयरल लगिने विभागका निर्देशक लगिने उनले बताए । ‘अबको एकमहिना भित्र छनोटमा परेका सबै उडिसक्छन्’ उनले भने-‘मिति भने तय भएको छैन । प्रक्रिया अघि बढिसकेकाले चाँडै हुन्छ ।’

अन्तिम चरणको भाषा परीक्षा पास गरेर स्वास्थ्य परीक्षणमा पनि सफल भएका कामदार इजरायल पठाउन सुरु भएको हो । भाषा परीक्षा ६० जनाले पास गरे पनि एकजना स्वास्थ्य परीक्षणमा असफल भएका थिए ।

विभागले पहिलो चरणका लागि केही महिनाअघि माग गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ६० जना मात्रै छनोट भएका थिए ।

२ देशबीच गत साउनमा भएको द्वीपक्षीय सम्झौतामा ३०० नेपाली कामदार केयर गिभरका रूपमा छनोट गरिने उल्लेख छ ।
इजरायल सरकारसँग भएको समझदारीअनुसार पहिलो चरणमा कामदार लगेपछि दोस्रो चरणका लागि छनौटको नयाँ प्रक्रिया सुरु हुनेछ ।

israelकस्तो छ इजरायल ?

इजरायल खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तब्य मानिएको छ । यसअघि म्यानपावर कम्पनीहरु आफैंले माग ल्याएर केयर गिभरमा रुपमा महिलालाई इजरायल पठाउने गरेका थिए ।

तर, धेरै नेपाली महिला यसैका नाममा ठगिएपछि द्वीदेशीय समझदारीअनुसार सरकारी स्तरबाटै कामदार पठाउन सुरु गरिएको हो ।

इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

३ महिनाको केयरगिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिन्छ ।

इजरायलले विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरेको छ । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाइ खर्चलगायत गरी लगभग ९५० डलर तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment