Comments Add Comment

देउवा र प्रचण्ड आए मात्र राजनीतिक समिति मान्छौं: मधेसी मोर्चा

laxman lal karna

१८ वैशाख, काठमाडौं । सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख तीन दलका शीर्ष नेताहरु आए मधेसी मोर्चा उपप्रधानमन्त्री कमल थापा नेतृत्वको राजनीतिक समितिमा सहभागी हुने बताएका छन् ।

मधेसी मोर्चा उपलब्धिमुलक र परिणामुखी वार्ताका लागि सधै तयार रहेकमो उनले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका नेता कर्णले भने, ‘कमल थापाले संघीयता विरोधी भएपनि आफू मधेसमा दुई प्रदेश दिन तयार रहेको तर, मैले यो कुरा गर्न सक्दिन भन्ने गरेका छन् । यस्तो भन्दा भन्दै उनीसँग किन ववर्ता गर्ने ? ओली, शेरबहादुर देउवा र प्रचण्ड समितिमा आए हामी पनि सहभागि हुन्छौं ।’

प्रधानमन्त्रीले शनिबार एजेण्डाविहीन रुपमा सर्वदलीय बैठक बोलाएकोले आफूहरु नगएको उनले स्पष्ट पारे । सरकार टिकाउने रणनीति स्वरुप प्रधानमन्त्रीले बैठक बोलाएको भन्दै उनले भने,’ बैठकको एजेण्डा केही थाहा छैन, अनि किन बैठकमा जाने ? प्रधानमन्त्री भगवान हो र, उसले बोलाउने बित्तिकै दौडिएर हामी जाने ?’

मधेसी मोर्चाले संसद बहिस्कार नगरेको स्पष्ट पार्दै उनले आगामी संसदको बैठकमा सहभागि हुने बताए । तर, संसद बैठकलाई आन्दोलनकै मोर्चाको रुपमा उपयोग गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीले मधेस आन्देालनलाई विखण्डनकारी आन्दोलन भनेर विल्ला भिराएको भन्दै उनले अब देशभर आन्दोलन गर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संघीयता नचाहिएको कमल थापालाई संघीयताको सीमांकन मिलाउने जिम्मेवारी दिएको प्रति असन्तुष्टी ब्यक्त गरे ।

प्रमुख दलका शिर्ष नेताहरु सहभागि भए थापा नेतृत्वको समितिमा आफूहरु पनि सहभागि हुने स्पष्ट पारे । उनले भने, ‘धर्मको बुई चढेर छलछाम गर्नेको जिम्मामा संघीयता दिनु बेइमानी हो । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment