Comments Add Comment

मजदुरको अग्रदस्ता बनिरहने प्रचण्डको प्रतिवद्धता

prachanda१९ वैशाख, काठमाडों । एककृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अधिकारका लागि संघर्ष गर्नुपर्ने जनाएका छन् । उनले आफ्नो पार्टीले मजदुरको अग्रदस्तोको भूमिका खेलिरहने बताएका छन् ।

१२७ औं मे दिवसको अवसरमा विज्ञप्ति जारी गर्ने क्रममा प्रचण्डले संविधानका उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नुपर्ने जनाएका हुन् ।

प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘संघर्ष र वलिदानका कीर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।’

अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेको उल्लेख गर्दै संघर्ष र वलिदानका कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएको जनाएका छन् ।

मई दिवसको अवसरमा प्रचण्डले मजदुर वर्गको राजनैतिक अग्रदस्ताको भूमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment