Comments Add Comment

प्रदर्शनकारीले इराकी संसद भवन बाहिर क्याम्प खडा गरे

Iraq Shia protesters camp out in Green Zone after storming१९ वैशाख, काठमाडौं । संसदभित्र जबरजस्ती प्रवेश गरेका सयौं शिया मुस्लिम कार्यकर्ताले बग्दादस्थित संसद भवन बाहिर क्याम्प खडा गरेका छन् ।

उनीहरु प्रभावशाली शिया धर्मगुरु मोक्तादा अल सद्रका समर्थक हुन् । उनीहरु यसैसाता ग्रीन जोनको ढोका तोडेर संसदमा प्रवेश गरेका थिए ।

सरकारले बग्दादमा संकटकाल लगाएको छ र प्रदशर्नकारीहरूलार्इ तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास छाडेका छन् ।  तर, मोक्तदाका समर्थकहरु प्रदर्शन नगरिरहेका छन् ।

Iraq Shia protesters camp out in Green Zone after storming3कुन समय अमेरिकी सेनालाई कडा चुनौती दिएका मोक्तादाका समथर्कले सुधारको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । प्रधानमन्त्री हैदर अल अबादी दलीय, जातीय र साम्प्रदायिक आधारमा चुनिएका मन्त्रीहरुलाई हटाएर प्राविधिक विज्ञहरुलाई नियुक्त गर्न चाहन्छन् ।

मोक्तदा पनि त्यसकै पक्षमा छन् । तर, संसदका शक्तिशाली पार्टीहरुले त्यसलाई अनुमोदन गर्न अस्वीकार गर्दै आएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment