Comments Add Comment

जीवन र संचिता विनै ‘राधा’को मुहुर्त, निर्देशकको यो कस्तो योजना ?

radha muhurta
निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र ‘राधा’को मुहुर्तमा कलाकारलाई निम्ता नै गरेनन् । यो चलचित्रको शुक्रबार मुहुर्त गरियो, तर मुख्य कलाकार नै  थिएनन् । निर्देशक घिमिरे यसपटक आफूले फरक योजनाका साथ चलचित्रको काम अगाडि बढाएको बताउँछन् । उनले प्रचारका लागि पनि नयाँ तरिका अपनाइने बताए ।

काठमाण्डौको एक मन्दिरमा मुहुर्त गरिएको यो चलचित्रको वैशाख २२ गतेबाट झापामा छायांकन गरिनेछ । चलचित्रमा जीवन लुइटेल र संचिता लुइटेल मुख्य कलाकारको रुपमा छन् ।
यो चलचित्रमा संचिता शिर्ष भूमिकामा देखिनेछिन् । निर्देशक घिमिरे यसपटक आफ्नो चलचित्रको स्वाद केही फरक हुने दाबी गर्छन् ।
‘राधा’ले महिलाको कथा भन्ने उनको भनाई छ ।

संचिताको डुब्दो करिअर र जीवनको असफल चलचित्र यात्रामा ‘राधा’ कोशेढुंगा हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment