Comments Add Comment

मुम्बईले पुणेलाई ८ विकेटले हरायो, धोनीको टिमको छैटौं हार

Rohit Sharma२० वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले राइजिङ पुणे सुपरजाइन्टसलाई ८ विकेटले पराजित गरेको छ ।

पुणेले प्रस्तुत गरेको १६० रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि रोहित  शर्माले शानदार पारी खेले । ६० बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा अविजित ८३ रन बनाए ।

जोस बट्लर २७ रनमा अविजित रहे । अम्बाती रायडूले २२ र पार्थिव पटेलले २१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको एमएस धोनीको टिम पुणेले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि शौरभ तिवारीले ५७ र स्टिभ स्मिथले ४५ रन बनाए । धोनी २४ रनमा आउट भए ।

उसलाई सस्तैमा समेट्ने क्रममा जसपि्रत बुमराहले ३ विकेट लिए । आईपीएलमा मुम्बईको यो पाँचौं जित हो । ९ खेलबाट १० अंक जोडेको मुम्बई दोस्रो स्थानमा छ ।

धोनीको टिम पुणले भने ८ मध्ये ६ खेल गुमाएको छ र ४ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment