Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री बिक्रिमा, मूल्य १ करोड

pakistan pm nawazपाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बिक्रिमा राखिएको छ । इ कमर्श साइट इ बेमा सरिफलाई ६६ हजार २ सय पाउण्ड अर्थात् झण्डै १ करोड रुपैयाँ तोकिएको छ ।

यतिमात्र कहाँ हो र ? इ बे मा बिक्रिमा राखिएका नवाजको विज्ञापनमा क्याप्सनपनि दिइएको छ । जसमा लेखिएको छ- काम नलाग्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ ।

साथै यसमा सरिफको बारेमा धेरै लामो व्याख्या पनि गरिएको छ । जसमा लेखिएको छ-प्रयोग भैसकेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बिक्रिका लागि तयार । यिनको अब कुनै जरुरत छैन, र यो प्रडक्टको साथमा कुनै इन्स्ट्रक्सन पनि छैन ।

खरीदकर्ताहरु यो प्रडक्टलाई आवश्य खरीद गर्नुहोला । आजै उनलाई मध्य लण्डनबाट खरीद गर्न सक्नुहुन्छ तर खरीदकर्ताले यातायातको व्यवस्था भने आफै गर्नुपर्नेछ । इ बे साइटको यु के पेजमा यो विज्ञापन राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment