Comments Add Comment

‘क्यारेक्टरलेस’ भनेपछि कंगनाको पक्षमा उभिए ऋतिक

hritik and kangana photo
बलिउडका दुई चर्चित हस्ती नायक ऋतिक रोशन र नायिका कंगना रनावतको चर्चा अहिले सबैभन्दा बढी छ । सानो आगोले बन नै सखाप बनाए जस्तै भएको छ यी दुइको सम्बन्ध र आरोप ।
ऋतिक र कंगनाले आरोप र प्रत्यारोपको खेल खेल्दै गर्दा यी दुइको प्रेम सम्बन्धको खुलासा पनि भयो ।

तर, कानुनी लडाई एकातिर भएपनि कंगनामाथि व्यक्तिगत आक्षेपमा ट्विटरका प्रयोगकर्ता आएपछि ऋतिक उनको बचाउमा अगाडि आएका छन् । जब कंगनाका पूर्व प्रेमीले उनलाई कालो जादु गर्नेदेखि विभिन्न आरोप लगाए, त्यसपछि यस्तो ट्रेन ट्विटरमा चलेको हो ।

अहिले विश्वमै ट्विटर तत्काल प्रतिक्रिया जनाउने माध्यम बनेको छ । ट्विटरमा जब ‘क्यारेक्टरलेस कंगना’ भन्ने ह्यासट्याग ट्रेन भयो, ऋतिक उनको बचाउमा निस्किए । ऋतिकले अरु कसैलाई ‘क्यारेक्टरलेस’ भन्नु सही नभएको भन्दै आफ्ना फ्यानलाई सुझाव दिएका छन् । उनले कसैलाई यस्तो शब्द प्रयोग गरेर मुल्यांकन गर्नु गलत भएको लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment