Comments Add Comment

संसद्को दोस्रो अधिवेशन सुरु, पहिलो बैठक पाँच मिनेटमै सकियो

२१ वैशाख, काठमाडौं । व्यवस्थापिकासंसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको । पहिलो दिनको बैठक भने करिव पाँच मिनेटमै सकिएको छ ।

CA-Buildingबैठकको सुरूमा नै संसद उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरिन् । त्यस्तै लोकतन्त्र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो

बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरिन् । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो

व्यवस्थापिकासंसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेकाकारण बैठकमा अन्य कार्यसूची समावेश भएनन्  । त्यसैले अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी सकिएको छ 

संसद्को पहिलो अधिवेशनले संविधान कार्यान्वयन गर्ने क्रममा पहिलो अधिवेशनले राष्ट्रपतिउपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख उपसभामुखको निर्वाचन गरेको थियो । पहिलो अधिवेशनगत फागुन गते अन्त्य भएको थियो

संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने त्यस अतिरिक्त अन्य ४०  विधेयक समेत संसदमा दर्ता रहेका छन्

बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३७४ कोसरकारका नीति तथा कार्यक्रम    पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ

 अधिवेशनका क्रममा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फतसंसदमा प्रस्तुत गरिने मुलुकको आर्थिक सर्भेक्षण आगामी आवको आयव्यय (बजेट) को विवरण संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते यसै अधिवेशनमा प्रस्तुत गर्ने छन् ।

अधिवेशनका क्रममा यही वैशाख २२ २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायतसमसामयिक विषय वैशाख २४ २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ वैशाख २६ गतेसरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment