Comments Add Comment

अमेरिकामा बस्ने ८ बर्षीया नेपाली बच्चीको गीत युट्युवमा चर्चित बन्दै (भिडियोसहित)

Prisha-Shrestha

वाशिंगटन । नेपाली बाबुआमाबाट अमेरिकामा जन्मेकी आठ बर्षकी बच्चीले गाएको अंग्रेजी गीत ‘टर्न अप’ युट्युवमा चर्चित बनेको छ ।

सन् २००८ मा जन्मेकी प्रिशा श्रेष्ठले अंग्रेजी भाषामा टर्न अप युट्युवमा गत आइतबार अपलोड गरिएको थियो । अहिलेसम्म १५ हजारबढिले उनको गीत हेरिसकेका छन् ।

गीतमा जिस्मा इनिमिनीको शब्द र नेपाली संगीतकार ज्योती श्रेष्ठको संगीत छ । अमेरिकाको भर्जिनियामा बस्दै आएका सृजना उप्रेती र बिजय श्रेष्ठको दोस्रो सन्तानको रुपमा अमेरिकामा जन्मेकी पि्रशा छिट्टै गीति एल्वम निकाल्ने तयारीमा छिन् । उनको गीत बाल मनोरञ्जक छ ।

गीतमा सार्थक जीवनको अर्थ सधै हासिरहने र रमाइलो गरिरहने भन्ने भाव छ । यो गीतको म्युजिक भिडियो निर्देशन संगीतकार ज्योती ले नै गरेका छन् ।

यसअघि पनि पि्रशाले गीतकार प्रकाश सुवेदीको शव्दमा र संगीतकार वसन्त सापकोटाको संगीतमा ‘जति माया लाग्छ मामुको’ र ‘टुक्रिएको देश हैन’ बोलको राष्ट्रिय गीत गाइसकेकी छन् ।

गीत हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment