Comments Add Comment

चर्चित रियालिटी शो एक्स फ्याक्टरमा छानिए नेपाली युवा

suyog_ramdam२२ वैशाख, काठमाडौं । बेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् ।

भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम  अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् । दोस्रो चरणमा प्रवेश गरेसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा देशलाई प्रतिनिधित्व गरेर यहाँ सम्म पुग्दा भाग्मानी महसुस गरेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गरेका रामदामले अवसरलाई सफलतामा बदल्ने विश्वास व्यक्त गरेका छन् ।

suyog ramdamसाइमन कोवेलले सन् २००४ बाट शुरु गरेको  गायनमा नयाँ प्रतिभा जन्माउने उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्म्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ । पब्लिक दर्शकबाट छानिने उक्त शो यसअघि ९० लाख दर्शकले एकैपटक अवलोकन गरेका थिए ।

हालसम्म स्टिभ ब्रुकस्टेन, सायन वार्ड, लियोना लिवीस् , लियोन ज्याक्सन, अलेक्सान्ड्रा बर्क, जो म्याक एल्डरी, म्याट कार्डल, लिटिल मिक्स, जेम्स् आर्थर, साम बेली र बेन हेइनाउ गरि ११ जनाले उक्त उपाधि जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment