Comments Add Comment

सरकारबाट बाहिरिने एमाओवादीको संकेत

प्रधानमन्त्री र प्रचण्डवीच 'वान टु वान' वार्ता हुने

Prachanda२२ वैशाख, काठमाडौं । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । यसबारे औपचारिक निर्णय गर्न बुधबार बिहानै एमाओवादीका पदाधिकारीहरु प्रचण्ड निवासमा भेला भएका छन् ।

यसअघि मंगलबार साँझ एमालेका शीर्ष नेताहरु र एमाओवादीका शीर्ष नेतावीच प्रधानमन्त्री निवास बालुवाटारमा डिनरसहितको बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको  बजार हल्ला के हो भन्दै एमाओवादी नेताहरुसँग जिज्ञासा राखेका थिए ।

राति अबेरसम्म चलेको बैठकको अन्त्यमा एमाओावदी अध्यक्ष प्रचण्डले ‘मलाई शान्ति प्रक्रियाका र पुनर्निर्माणको कामको नेतृत्व गर्ने प्रस्ताव आएको छ, तपाई के भन्नुहुन्छ ? भन्दै ओलीसँग प्रश्न गरेका थिए, जसको जवाफ प्रधानमन्त्रीले दिएका थिएनन् ।

मंगलबार रातिको बालुवाटार बैठक दुबै पार्टीका नेताहरुले आ-आफ्नो कुरा राख्नमै सीमित भएको भन्दै बुधबार पुन बालुवाटारमै दुई दलीय बैठक बस्ने सहमति भएको थियो । तर, बुधबार बिहानै प्रचण्ड निवासमा एमाओवादी पदाधिकारी बैठक बस्यो र सो बैठक ९ बजेसम्म लम्बिएको छ ।

पदाधिकारी बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment