काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेर अलपत्र परेका एक व्यक्तिलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।
रामेछापको खिम्ती-७ घर भएका ३२ वर्षीय विष्णु अधिकारीलाई नेपाल प्रहरीको अपराध महाशाखाले मंगलबार उद्धार गरी नेपाल ल्याएको हो ।
अधिकारी गत वर्ष माघ १९ गते नेपालबाट कतार गएका थिए । तर, सहमतिअनुसारको काम र तलब नपाएपछि उनीलाई खान बस्न समस्या भएको थियो ।
त्यसपछि अधिकारीकी श्रीमतीलाई उद्धारको पहल गरिदिन प्रहरीमा निवेदन दिएकी थिइन् ।