Comments Add Comment

सुनै सुनको कपडा लगाउनेको नाम गिनिज बुकमा दर्ज

gold shirtआखिर सुनैको कपडा लगाएपछि दुनियामा किर्तिमान राख्नका लागि अरु केही पौरख गर्नु पर्दोरहेनछ । भारतका एक धनाढ्य व्यापारी तथा नेताले सुनै सुनको कपडा लगाएर विश्वकिर्तिमान कायम गरेका छन् ।

गोल्डेन म्यानको नामले चर्चित भारतको महाराष्ट्रस्थित नासिक जिल्ला निवासी व्यवसायी तथा नेता पंकज पारखको नाम अन्ततः गिनिज बुकमा दर्ज भएको छ ।

गत मंगलबार पारखको नाममा किर्तिमानी प्रमाणपत्र जारी भएको हो । ४७ वर्षका पारखले दुनियाको सबैभन्दा महंगो सुनको शर्ट पहिरिएका छन् । उनको शर्टको मूल्य सन् २०१४ को अगष्टको भाउ अनुसार नै ९८ लाख ३५ हजार भारु छ । अहिलेको मूल्यमा भने योे शर्टको मूल्य १ करोड ३० लाख भारु अर्थात् २ करोड नेपाली रुपैयाँ भन्दा बढि पर्दछ ।

गार्मेन्ट उद्योगी तथा स्थानीय नेता पारख नासिक जिल्लास्थित येयोला सहरका उपमेयर पनि हुन् । उनलाई गिनिज बुकमा नाम लेखाएको सुनको शर्टको तौल ४.१० किलोग्राम छ ।

यो बहुमूल्य शर्टका अलावा पारखसँग एउटा सुनको घडी, धेरै सुनका सिक्री, औठी, एउटा सुनको मोबाइल कभर तथा सुनकै फ्रेम भएको चश्मा पनि छ । यी सबै गरेर उनीसँग कुल १० किलो सुन छ ।

आफ्ना सबै सुनका चिज पहिरिएर सहरको सडकमा निस्किँदा उनले एउटा रिभल्वर लिएर हिँड्छन् । साथै सुरक्षाका लागि निजि सुरक्षाकर्मी पनि सँगै लग्दछन् ।

पारखले दुइ वर्ष पहिले आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सुनको शर्ट तयार पारेका थिए । आफुलाई स्कुल अवस्थादेखि नै सुनप्रति प्रेम रहेको र सो प्रेम समय बित्दै जाँदा शौखमा परिणत भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment