Comments Add Comment

विद्युत् हुकिङ गर्दा एकको मृत्यु

bijuli chori४ वैशाख, राजविराज । सप्तरीको झुटकी गाविसमा विद्युत्को तारमा अङकुसे लगाई विद्युत् चोरीगर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको झुटकी–९ निवासी भजन मण्डलका २६ वर्षीय छोरा हेमनारायण मण्डल रहेको प्रहरीले जनाएको छ । हेमनारायणले आफ्नै घर नजिक रहेको विद्युत् पोलमा विद्युत् हुकिङ लगाउने क्रममा तार तान्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा ल्याउँदै बीचबाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment