Comments Add Comment

वार्ताका लागि मधेसी मोर्चालाई पत्र पठाउने सरकारको तयारी

kamal thapa

२५ वैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी भइरहेको बताएका छन् ।

मधेसको समस्या समाधान गर्न सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन अप्ठ्यारो परेको भए आफू संयोजक पद खुसीका साथ छाड्न तयार रहेको बताए ।

रिपोर्टस क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा थापाले भने, ‘मधेसको माग पुरा गर्ने फ्रेमवर्क तयार भएको छ । राजनीतिक समितिले गरेको सहमतिको आधारमा संविधान संशोधन गर्ने हो ।’ उनले अघि भने, ‘मधेसी मोर्चा, सरकार र प्रमुख प्रतिपक्षी नेपाली काग्रेसवीच समिति गठनको विषयमा सहमति छ तर केही प्राविधिक कारणले मात्रै नभएकेा हो ।’

थापाले आफू नेतृत्वको राजनीतिक समितिले आइतबार नै आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment