Comments Add Comment

ध्यान दिनुहोस्, राष्ट्रपतिका कारण जाममा फसिएला !

Bidhya-Bhandari२६ वैशाख, काठमाडौं । तपाई आर्इतबार अपरान्हतिर कुनै काम विशेषले काठमाडौंको सडकमा निस्कँदै हुनुहुन्छ भने ख्याल गर्नुहोला, राष्ट्रपति विद्यादेवी भण्डारीका कारण तपाईले दुख पाउनुहुनेछ ।

राजा महाराजाहरु सडकमा निस्कँदा सडक खाली गरिने र जनताले दुःख पाउने प्रचलन गणतन्त्र आएपछि पनि यथावत छ । कर्मचारीतन्त्रले गणतन्त्रकालका राष्ट्र प्रमुखलाई पनि राजा महाराजालाई जस्तै सम्मान दिने नाममा सडक खाली गराउने प्रचलनलाई निरन्तरता दिएका छन् ।

यसैवीच आइतबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम वाचन गर्नका लागि शीतलनिवासबाट नयाँ बानेश्वरस्थित संसद भवनमा आउने कार्यक्रम छ । राष्ट्रपति संसदमा आउँदा जाँदा यो रुटमा सार्वजनिक सवारी चल्न नपाउने र सडकमा रहेका साधन पनि जाममा पर्ने प्रायः निश्चित छ ।

राष्ट्र प्रमुख सडकमा निस्कँदा यसरी सार्वजनिक यातायात नै अवरुद्ध पारेर जाम गर्ने प्रचलनलाई गलत मान्ने कि स्वाभाविक ? बहस गर्न जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment