Comments Add Comment

स्वयम्भूबाट ८२ लाख लुटेको आरोपमा ७ पक्राउ

२६ वैशाख, काठमाडौं । गत वैशाख ७ गते स्वयम्भू पहेँलो गुम्बाबाट ८२ लाख लुटेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

Nepal-Police-Logoजनकपुरका बिशाल साहसँग रहेको ८२ लाख नगद लुटेर फरार भएका मध्ये सात जनालाई महानगरीय प्रहरी बृत स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

साहले आफु लुटिएपछि केहि दिनपछि मात्र प्रहरीलाई जानकारी गराएका थिए । पक्राउ परेकाहरुको साथबाट आठ लाख नगद बरामत गरिएको छ भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आफु लुटिएको सूचना समयमै प्रहरीलाई नदिने साहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment